सरकारले घटायो २ खर्ब २१ अर्ब बजेट


  • Himalayan Bank Limited (HBL)
सरकारले घटायो २ खर्ब २१ अर्ब बजेट

काठमाडौं ।  सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो । 

चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन् ।

जसमा चालुतर्फ ८८.८४, पुँजीगत ८४.१३ र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्चको अनुमान गरिएको जनाइएको छ । यस्तै जस्व लक्ष्य पनि १३ खर्ब ९३ अर्ब रुपैयाँमा झारिएको छ । 

Read More