ब्याजदर घट्दा सेयर बजारमा उछाल : परिसूचक २१ सयको बिन्दुमा,कारोबार कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ब्याजदर घट्दा सेयर बजारमा उछाल : परिसूचक २१ सयको बिन्दुमा,कारोबार कति ?

काठमाडौँ । साताको दोस्रो कारोबारका दिन आज नेप्से १५.३३ अकंले बढेर २१०१.१६ बिन्दुमा बन्द भएको छ । आज शेयरबजारमा ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।

फागुन १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाएसंगै शेयरबजारमा सुधार देखिएको छ । सेयर बजारको मुख्य शत्रुको रुपमा लिइएको ब्याजदर घट्दा शेयर बजारमा निरन्तर मात्रामा सुधार आउने आकलन गरिएको छ ।

यता, राष्ट्र बैंकले समेत मौद्रिक नीतिको दोस्रो समिक्षा सार्वजनिक गर्ने तिर लागि परेको छ । लगानीकर्ता पर्ख र हेरको अवस्था रहेका छन् । नियामकले केहि सामान्य बाधा गर्ने नीतिमा सुधार गर्दा सेयर बजारमा उछाल आउने देखिन्छ ।

Read More