रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन, प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन, प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासनको लागि सेबोनमा निवेदन दिएको छ ।  कम्पनीले माघ २३ गते सेबोनमा  निवेदन दिएको हो । 

कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको शेयरको मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई  ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्कासन गरेको थियो ।  योग्य संस्थागत लगानीकर्तालाईलाई निष्कासन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो ।  सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्कासन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले सर्वसाधारणलाई कम्पनीको शेयर प्रति कित्ता ८२० रुपैयाँ ८० पैसामा शेयर निष्कासन गर्न लागेको हो । 

Read More