काठमाडौं । गत आर्थिक वर्षको भन्दा पनि कम आकारको बजेट कार्यान्वयन थालेको सरकार आधा वर्षमै सकसमा परेको छ । चालू आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार गत आर्थिक वर्षको भन्दा २.३७ प्रतिशतले कम हो ।
राजस्व संकलन र पूँजीगत खर्च गर्न नसकेपछि सरकारले बजेट आकार झण्डै डेढ खर्बले घटाउन लागेको छ । राजस्वदेखि आर्थिक वृद्धिदर (जीडीपी ग्रोथ)सम्मका लक्ष्य सरकारले संकुचित बनाउँदैछ ।



