काठमाडौं : पछिल्ला वर्षमा सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता नारामा मात्रै सीमित भएको छ। भ्रष्टाचार नियन्त्रणको विषय नारामा सीमित हुँदा यसका चरित्र र प्रवृत्ति भने फेरिँदै गएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भ्रष्टाचारका प्रवृत्ति, प्रकृति र आयाममा परिवर्तन आएका छन्।
नयाँ–नयाँ उपाय खोजेर भ्रष्टाचार हुन थालेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष ‘सुधारौं सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका ३३औं स्थापना दिवस मनाएको छ।



