काठमाडौं । अधिक तरलताको समस्यामा रहेका वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको शुरुदेखि नै जारी ब्याजदर घटाउ कार्यलाई फागुन महिनामा पनि निरन्तरता दिएका छन् । उता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यदि बैंकहरूको यो सकसलाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोधन गर्न सकेन भने नेपालको बैंकिङ क्षेत्र निकै अफठ्यारोमा पर्ने देखिन्छ ।
लगानी योग्य पुँजी पर्याप्त मात्रामा भए पनि अहिले बैंकहरूले कर्जा लगानी गर्न सकिरहेका छैनन । यसमा दुईवटा कारण छन् । एक – आर्थिक गतिविधि चलायमान नहुँदा व्यवसायीक क्षेत्रबाट कर्जा माग नहुनु र अर्को – बैंकहरूसँग कर्जा विस्तारका लागि नीतिगत अप्ठ्यारा रहनु ।



