चन्द्रागिरी हिल्सले ६ महिनामा ६ करोड २८ लाख रुपैयाँ नाफा कमाउँदा अन्य सूचक कस्तो ?


  • Himalayan Bank Limited (HBL)
चन्द्रागिरी हिल्सले ६ महिनामा ६ करोड २८ लाख रुपैयाँ नाफा कमाउँदा अन्य सूचक कस्तो ?

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २२.०६ प्रतिशतले धेरै हो । गत वर्ष यसले ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसले केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दछ । 

कम्पनीको पर्यटन व्यवसाय र आम्दानी वृद्धि हुँदा खुद मुनाफामा पनि सुधार भएको हो ।   सञ्चालन आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको हो । यसको उक्त आम्दानी ४० करोड ४२ लाख रुपैयाँबाट बढेर ४५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४२ लाख रुपैयाँबाट बढेर ७६ लाख पुगेको छ । 

Read More