एनसेलको सेयर खरिद प्रकरणको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन


  • Himalayan Bank Limited (HBL)
एनसेलको सेयर खरिद प्रकरणको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमाडौँ — एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो । उनले भने, ‘एनसेल सेयर खरिद प्रक्रियाका बारेमा अध्ययन समितिले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गरी समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ।’

Read More