काठमाडौँ । बैंक तथा वित्तीय कम्पनीहरू यतिबेला लगानी र असुलीको दोहोरो चेपुवामा परेका छन् । वित्तीय खातामा तरलता (निक्षेप/पुँजी) बढ्दै गएपनि बैंकहरूले न आफू खुसी लगानी बढाउन सकेका छन् न त गरेको लगानी नै उठाउन ।
केन्द्रीय बैंकको पछिल्लो वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्ममा बैंकहरूको खराब कर्जाको दर (एनपीएल) ३.७३ प्रतिशत पुगेको छ । यो भनेको औसत १ खर्ब ८९ अर्ब ९५ करोड रुपैयाँ बराबरको बैंकहरूको लगानी उच्च जोखिममा परेको हो ।



