कुचो बनाइने अम्रिसोबाट ६ महीनामा भित्रियो साढे ५९ करोड, भारत–बंगलादेशमा निर्यात


  • Himalayan Bank Limited (HBL)
कुचो बनाइने अम्रिसोबाट ६ महीनामा भित्रियो साढे ५९ करोड, भारत–बंगलादेशमा निर्यात

काठमाडौं । नेपालबाट पछिल्लो ६ महीनामा साढे ५९ करोड रुपैयाँ मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । मुख्यगरी कुचो बनाउन प्रयोग हुने अम्रिसो नेपालबाट भारत, बंगलादेशलगायत एशियाली देशमा निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्ष (आव)को ६ महीनामा नेपालले ५९ करोड ६४ लाख ८५ हजार रुपैयाँ बराबरको ५० लाख ८२ हजार १६० किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको छ । गत आवको सोही अवधिमा नेपालले २९ करोड १८ लाख ५३ हजार रुपैयाँ बराबरको ५३ लाख ७२ हजार २१० किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको थियो ।

Read More