एनसेल शेयर खरिद–बिक्री प्रतिवेदन तत्काल सार्वजनिक गर्न समितिको निर्देशन


  • Himalayan Bank Limited (HBL)
एनसेल शेयर खरिद–बिक्री प्रतिवेदन तत्काल सार्वजनिक गर्न समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेल शेयर खरिद–बिक्रीका सन्दर्भमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशकन दिएको छ । आइतबार बसेको समितिको बैठकले एनसेल शेयर खरिद–बिक्रीका सन्दर्भमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र लेखा समितिलाई उक्त प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको हो । 

त्यस्तै, समितिले लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्ने सरकारलाई निर्देशन दिएको छ । रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्डबीच भएको सम्झौता खारेज गर्न समितिको आजको बैठकले निर्देशन दिएको हो ।

Read More