साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेको छ।
यसदिन नेप्से ०.५० प्रतिशतले घटेर २०८५.८२ बिन्दुमा बन्द भएको छ।
आइतबारको बजारमा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रूपैयाँको सेयर कारोबार भएको थियो।
बिहीबारको तुलनामा आज कारोबार रकम ८७ करोड रूपैयाँ बढी हो।





