सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण


  • Himalayan Bank Limited (HBL)
सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद महेशकुमार महराले सामाजिक न्याय र सुशासनका लागि सबैले एक भएर काम गर्नुपर्ने बताए । उनले द्वन्द्वका घाइतेको अझै उपचार हुन नसकेको उल्लेख गर्दै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई चाडै निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । उनले राजनीतिक परिवर्तनका लागि योगदान पुर्‍याएका जनयुद्धका घाइते र बेपत्ताका परिवारलाई बेवास्ता नगर्न आग्रह गर्दै द्वन्द्वका घाइते, बेपत्ता परिवारलाई न्याय हुने गरी काम गर्नुपर्ने माग गरे ।

Read More