काठमाडौं : तुलनात्मक रूपमा पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढेसँगै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा मार्जिन प्रकृतिको कर्जाको आकार पनि बढेको छ। विशेष गरेर लाखमाभन्दा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकअनुसार १ करोडभन्दा माथिको ऋण लिनेहरू बढी छन्।
गत पुस महिनामा मात्रै सो सीमाभन्दा माथी ३ अर्ब ४५ करोड ९१ लाख बराबरको कर्जा प्रवाह भएको छ। यद्यपि ६ महिनाभर नै करोडमाथिको यस्तो कर्जा ५१ अर्ब ३० करोड ४५ लाख रुपैयाँ हाराहारीमा प्रवाह भएको छ। यद्यपि समग्रमा भने आर्थिक वर्ष २०८०/८१ मंसिरसम्म मार्जिन प्रकृतिको कर्जा ८४ अर्ब २९ करोड ३ लाख रुपैयाँ प्रवाह भएको छ। यो गत आवको भन्दा १२.५८ प्रतिशत अर्थात ९ अर्ब ४१ करोड ७९ लाख रुपैयाँ बढी हो। आव २०७९/८० पुससम्ममा मार्जिन प्रकृतिको कर्जा ७४ अर्ब ८७ करोड २५ लाख रुपैयाँ प्रवाह भएको थियो।





