युरोपकै ठूलो अर्थतन्त्र समस्यामा !


  • Himalayan Bank Limited (HBL)
युरोपकै ठूलो अर्थतन्त्र समस्यामा !

एजेन्सी। सन् २०२३ को अन्तिम त्रैमासमा सङ्कुचन देखिएपछि जर्मन अर्थतन्त्र कठिन अवस्थामा छ। हाल जर्मनी मुद्रास्फीति र उच्च ब्याज दरको समस्यासँग जुधिरहेको ब्लूमबर्गले विश्लेषकहरूलाई उद्धृत गर्दै यस हप्ता रिपोर्ट गरेको छ।

जर्मनीको संघीय सांख्यिकी कार्यालय (डेस्टाटिस) को अनुसार, जर्मनीको अर्थतन्त्र अक्टोबर—डिसेम्बर सन् २०२३ मा लगभग स्थिर रह्यो। यो बेला जीडीपी ०.३ प्रतिशतले घट्यो। जनवरीमा मुद्रास्फीति ३ दशमलव १ प्रतिशतमा रहेकोमा वर्षभरि नै २ प्रतिशतभन्दा निरन्तर उच्च रह्यो।

त्यहाँ गत महिनाहरूमा उपभोक्ता मूल्यमा भएको वृद्धिले ब्याज दरमा उछाल ल्याएको छ। जसले उत्पादन र वित्तीय क्षेत्रहरूमा समस्याहरू देखा परेको छ। परामर्श फर्म अल्भेरेज र मार्सललाई उदृत गर्दै ब्लुमबर्गले हाल जर्मनीका लगभग १५ प्रतिशत कम्पनीहरू संकटमा रहेको जनाएको छ । जुन युरोपमा सबैभन्दा उच्च दर हो।

Read More