बजेटमा निजी क्षेत्रसम्बद्ध १० प्रतिशत सुझाव मात्रै कार्यान्वयनमा


  • Himalayan Bank Limited (HBL)
बजेटमा निजी क्षेत्रसम्बद्ध १० प्रतिशत सुझाव मात्रै कार्यान्वयनमा

काठमाडौँ — चालु आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित ७३ बुँदामध्ये १२ वटामा शून्य प्रगति देखिएको नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघले शुक्रबार एक कार्यक्रम आयोजना गरी निजी क्षेत्रसँग सम्बद्ध ७३ बुँदाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएको थियो ।

परिसंघले ‘बजेट वाच’ पहलका लागि आर्थिक पत्रकार समाज, नेपाल (सेजन) सँगको सहकार्यमा तयार पारेको अर्धवार्षिक कार्यान्वयन अवस्थामा चालु आर्थिक वर्षको ६ महिना बित्दासम्म निजी क्षेत्रसँगसम्बद्ध १२ वटा बुँदा कार्यान्वयनमै नगएको देखिएको हो ।

Read More