मर्स्याङ्दी जलविद्युत केन्द्रको मुआब्जा वितरण कार्य ९० प्रतिशत पुरा


  • Himalayan Bank Limited (HBL)
मर्स्याङ्दी जलविद्युत केन्द्रको मुआब्जा वितरण कार्य ९० प्रतिशत पुरा

तनहुँ, माघ २८  गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य ९० प्रतिशत पूरा भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण भई काम अन्तिम चरणमा पुगेको हो  ।

 साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा तथा पाँच व्यक्तिका घर अधिग्रहणका लागि मुआब्जा निर्धारण गरे अनुसार वितरण कार्य भइरहेको केन्द्रले जनाएको छ । ९० प्रतिशतभन्दा बढीको मुआब्जा वितरण भइसकेको र बाँकी चाँडै नै पूरा गरिने केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो । घर छाड्न बाँकी रहेको परिवारको मात्रै भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

Read More