नेपालमा चिया खेतीको इतिहास एक सय ६० वर्ष पुरानो छ। इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले विस १९२० मा चियाको बिरुवा रोपेर खेतीको सुरुवात गरेका थिए। अहिले यही चिया नेपालको निर्यात हुने वस्तुमध्ये एक हो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई कोरोना महामारीको समयमा निर्यात हुने वस्तुमा चिया पनि एक रहेको बताउँछन्।
‘हामीले चिया खेतीलाई त्यति महŒव दिएका छैनौं। नेपालले चियाबाट राम्रो आम्दानी गर्न सक्छ,’ उनले भने, ‘कोरोना महामारीमा ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको थियो। यो सम्भवत कोरोनाको समयमा निर्यात हुने वस्तुमा एक मात्र हुन सक्छ।’


