काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष भने कम्पनीले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सञ्चालन आम्दानी ६ करोड ४९ लाखबाट घटेर ३ करोड ३५ लाख रुपैयाँमा झरेको छ । सञ्चालन आम्दानी घट्दा नाफामा असर परेको छ ।


