५ सय सहकारी डुब्दै, नियमनमा लापरबाही


  • Himalayan Bank Limited (HBL)
५ सय सहकारी डुब्दै, नियमनमा लापरबाही

काठमाडौं : सरकारले अर्थतन्त्रको तीनखम्बे नीति लियो। ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा रोजगारीको’ को नारा दियो। अर्थात्, सहकारीलाई आर्थिक समृद्धि र सर्वसाधारणको जीवनस्तर उकास्ने महत्वपूर्ण आधार मान्यो। गाउँदेखि सहरसम्म छ्यापछ्याप्ती सहकारी खुले।

त्यसैकारण, दशनङ्ग्रा खियाएर कमाएको पैसा सर्वसाधारणले सहकारीमा जम्मा गरे। तर, गाउँभन्दा सहरमा खुलेका सहकारीले सर्वसाधारणको पैसामा ‘रजाइँ’ गरे। सहकारी डुबाए। दर्जनौं सञ्चालक भागे, सर्वसाधारणलाई घर न घाटको बनाए। अझ, सहकारी डुबाएर मोजमस्ती गरेकाहरू राजनीतिमा हावी हुन थाले। यसैकारण, सहकारी क्षेत्र नै ‘बदनाम’ भयो।

Read More