दाङ । तत्कालीन वेष्ट्रन डेभलपमेन्ट बैंक लिमिटेडका पीडीतहरुले शनिबार दाङमा प्रदर्शन गरेका छन् । बैंकका संचालक समितिका सदस्य प्रमुख कार्यकारी अधिकृत र तत्कालीन शाखा प्रबन्धकको मिलेमतोमा भएको १८ करोड घोटाला प्रकरणमा आफुहरुलाई फसाईएको दाबी गर्दै उनीहरुले शहर परिक्रमासहित विरोध गरेका हुन् ।
प्रदर्शनमा पीडीत र पीडीतका परिवार, र सामाजिक अभियानता गरि ५०० हाराहगरीको उपस्थिति थियो । दाङको तुलसीपुर चोकबाट सुरु भएको प्रदर्शन शहर परिक्रमा गरि पुनः सोही चोकमा आई कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै पीडीतहरुले अदालतको सेटिङमा सोझा जनतालाई फसाएर खास दोषीलाई उन्मुक्ती दिइएको आरोप लगाएका थिए ।



