२६ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ ।
विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो ।
छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंक लगायतका विकास साझेदारहरुको कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।



