यो साता १.४२ प्रतिशत माथि उक्लियो धितोपत्र दोस्रो बजार, करीब ४७ अर्बले बढ्यो पूँजीकरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यो साता १.४२ प्रतिशत माथि उक्लियो धितोपत्र दोस्रो बजार, करीब ४७ अर्बले बढ्यो पूँजीकरण

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार १ दशमलव ४२ प्रतिशत माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६७ दशमलव शून्य १ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिनमा २ हजार ९६ दशमलव ३२ विन्दुमा बन्द भएको हो ।

गत साताभन्दा यो साता अंकको हिसाबमा नेप्से परिसूचक २९ दशमलव ३१ अंकले माथि उक्लिएको हो । यो साताको पाँच कारोबार दिनमा बजार चार कारोबार दिन बढेको छ भने एक कारोबार दिन मात्र घटेको छ । साताको पहिलो कारोबार दिन ५ दशमलव ३१ अंकले घटेको बजार दोस्रो दिन १४ दशमलव ५७ अंक, तेस्रो दिन ९ दशमलव ४४ अंक, चौथो दिन ४ दशमलव ९२ अंक र पाँचौं दिन ५ दशमलव ६८ अंक बढेको हो । 

Read More