काठमाडौं । कार्ल मार्क्सको २००औं जन्मजयन्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै २२ वैशाख २०७६ मा साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भनेका थिएः
‘दलाल नोकरशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन, समाजवादका लागि सचेत धक्का चाहिन्छ । हामीले त्यसकै लागि काम गर्नुपर्छ ।’
त्यसो भनेको ४ वर्ष हुँदै गर्दा तेस्रोपटक मुलुकको कार्यकारी प्रधानमन्त्री रहेका दाहालले कम्युनिष्टहरूको भाषामा उनै ‘दलाल नोकरशाही पूँजीपति’लाई जोगाउन पक्षमा घोषित अभिव्यक्ति दिएका छन् । सार्वजनिक सम्पत्ति दोहन गरी राज्यलाई नै गुमराहमा राखेका व्यापारीहरूहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने निष्कर्षमा आफू पुगेको दाहालले बताएका हुन् ।



