नेपाल व्यापार सर्वेक्षण : करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा


  • Himalayan Bank Limited (HBL)
नेपाल व्यापार सर्वेक्षण : करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

काठमाडौं । मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८.२३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१.८ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण, २०७८ ले यस्तो तथ्याङ्क देखाएको हो । सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको देखिएको छ । 

Read More