आर्थिक मन्दीमा अरू देशले खर्च बढाउँछन्, नेपाल किन घटाउँदै छ ?


  • Himalayan Bank Limited (HBL)
आर्थिक मन्दीमा अरू देशले खर्च बढाउँछन्, नेपाल किन घटाउँदै छ ?

२६ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा पूँजीगत बजेट २१ प्रतिशतले घटाएको सरकारले आगामी वर्षको विनियोजनलाई अझै कम गर्ने तयारी थालेको छ ।

आर्थिक मन्दीका बेला संसारका अधिकांश देशले सरकारी खर्च बढाएर पुनरुत्थान प्रयास गर्छन् ।

तर, अर्थतन्त्रमा मन्दी छ भन्ने स्वीकार गरेको अर्थ मन्त्रालय आफैंले भने पूँजीगत बजेट घटाउने उल्टो नीति अख्तियार गर्दै आएको छ ।

Read More