आयोजनाहरू समयमै सम्पन्न नहुँदा बाह्य ऋण बढ्यो : अर्थमन्त्री


  • Himalayan Bank Limited (HBL)
आयोजनाहरू समयमै सम्पन्न नहुँदा बाह्य ऋण बढ्यो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा.प्रकाशशरण महतले आयोजनाहरू समयमा नै सम्पन्न नहुँदा बाह्य ऋण बढ्दै गएको बताएका छन्। मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयोजनाहरू ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको बताएका हुन्।

मन्त्री महतले पुँजीगत खर्चलाई अनुशासनमा ल्याउने काम गरेको,बहुवर्षिय ठेक्काको समस्या समाधान गर्ने गरि अघि बढेको जानकारी दिए । उनले उदारका साथ स्रोत र साधनलाई मध्यनजर नगरि सामाजिक सुरक्षाका क्षेत्रमा धेरै प्रतिवद्धता गरेको निश्चित दायित्व ठूलो हुन पुगेको धारणा राखे।

Read More