दृष्टिविहीनलाई बैंकिङ विभेद


  • Himalayan Bank Limited (HBL)
दृष्टिविहीनलाई बैंकिङ विभेद

काठमाडौँ — नेपाल वायुसेवा निगमका कर्मचारी सौगात वाग्ले गत साता खिचापोखरीस्थित एनआईसी एसिया बैंकको शाखामा पैसा झिक्न पुगे । बैंकको स्मार्ट कार्ड काउन्टरमा पुगेर मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरे ।

झिक्न चाहेको राशि उल्लेख गरी पिन नम्बर हालेपछि मोबाइलको स्क्रिन रिडर बोल्यो– ‘ट्रान्जेक्सन सक्सेस’ । अर्थात्, उनको खाताबाट पैसा काटियो, सो नगद बुझ्न काउन्टरतिर हात लम्काए । तर, यो सबै दृश्य हेरिरहेकी काउन्टरकी कर्मचारीले नगद दिन मानिनन् । बरु काटिएको रकम उल्टै खातामा फिर्ता पठाइदिइन् ।

Read More