ब्याजदर घट्दा पनि कर्जाको बृद्धिदर न्यून, राष्ट्र बैंकले लिएको लक्ष्य भेटाउनै मुस्किल


  • Himalayan Bank Limited (HBL)
ब्याजदर घट्दा पनि कर्जाको बृद्धिदर न्यून, राष्ट्र बैंकले लिएको लक्ष्य भेटाउनै मुस्किल

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा पनि कर्जा विस्तार भने न्यून देखिएको छ। बैंकहरुले ब्याजदर घटाउँदै लगे पनि कर्जा प्रवाह भने त्यो गतिमा बढ्न सकेको छैन्।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा बृद्धिदर ४ प्रतिशत मात्रै छ। साउनदेखि पुस अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बढेको हो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ३७ अर्ब ३३ करोड अर्थात ३ प्रतिशतले बढेको थियो। गत आर्थिक वर्षको तुलनामा यस वर्ष बैंकहरुको कर्जाको बृद्धिदर धेरै छ। तर अघिल्ला वर्षहरुको तुलनामा भने कम छ। गत वर्ष महँगो ब्याजदरको कारण कर्जा जान सकेको थिएन। अहिले कर्जाको ब्याजदर सस्तिए पनि बैंकहरुको कर्जा लगानी बढ्न सकेको छैन।

गत आर्थिक वर्षको माघ महिनादेखि बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर घट्दै गएको थियो। सो पश्चात बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर पनि घट्दो क्रममा छ। तर गत एक वर्षको तथ्याँक हेर्दा कर्जाको बृद्धिदर न्युन नै छ। २०७९ माघदेखि २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फबाट प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ।

२०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ ।

Read More