उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरा 'ब्रान्डिङ' गरेर बिक्री प्रवर्द्धन गर्ने बताएका छन्।
बिहीबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गर्दै लैजाने बताएका हुन्।
ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगका रूपमा घरेलु मदिराको बिक्री प्रवर्द्धन व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो।
उनले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने समेत बताए।



