काठमाडौँ । बैंक तथा वित्तीय कम्पनीहरु खराब कर्जाको उच्च जोखिममा परेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) को दर ५ प्रतिशत नजिक पुगेको हो ।
केन्द्रीय बैंकको पुस मसान्तसम्मको रिपोर्ट अनुसार वाणिज्य बैंकहरुको खराब कर्जाको दर हालसम्मकै उच्च ४.२६ प्रतिशत पुगेको छ ।






