बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा यो आर्थिक वर्षभरीमा कुल ११.५ प्रतिशतले वृद्धि हुने लक्ष्य राष्ट्र बैंकले लिएको छ। तर, ६ महिनामा यस्तो कर्जाको वृद्धिदर मात्रै चार प्रतिशत छ।
असारयता निजी क्षेत्रतर्फ गएको कर्जा चार प्रतिशतले बढेर ४९ खर्ब ८९ अर्ब रूपैयाँ पुगेको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा निजी क्षेत्रतर्फ गएको कर्जा ५१ खर्ब १७ अर्ब रूपैयाँ छ। यसमध्ये साँवा ४९ खर्ब ८९ अर्ब रूपैयाँ र ब्याज रकम बराबर एक खर्ब २७ अर्ब रूपैयाँ छ।



