६ महीनामा सिक्लेस हाइड्रोपावरले कमायो रू.६ करोड २९ लाख नाफा


  • Himalayan Bank Limited (HBL)
६ महीनामा सिक्लेस हाइड्रोपावरले कमायो रू.६ करोड २९ लाख नाफा

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. ६ करोड २९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा सामान्य वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू.६ करोड २७ लाख नाफा कमाएको थियो । 

कम्पनीको विद्युत विक्री आम्दानी पनि सामान्य वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. १९ करोड ३३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १९ करोड ५८ लाख पुगेको हो । दोस्रो त्रैमाससम्ममा कम्पनीले अन्य स्रोत मार्फत रू. ४ लाख ५ हजार आम्दानी गरेको छ । यो आम्दानी गत आवमा रू. ५ लाख २६ हजार थियो । 

Read More