सरकारलाई एमालेको प्रश्न : बैंकले मिटरब्याजीको काम गर्छ, सहकारीले बचतकर्ताको रकम खाएको छ, खै कारबाही ?


  • Himalayan Bank Limited (HBL)
सरकारलाई एमालेको प्रश्न : बैंकले मिटरब्याजीको काम गर्छ, सहकारीले बचतकर्ताको रकम खाएको छ, खै कारबाही ?

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैंकले मिटरब्याजीको काम गरिरहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले बैंकलाई मिटरब्याजी भन्न हिच्चकिचाउन नहुने धारणा राखेका हुन्। 

‘वित्तीय क्षेत्र कुन हालतमा छ। बैंकले मिटरब्याजीको काम गरिरहेको छ। भन्न हिचकिचाउनुपर्ने अवस्था छैन। बैंकबाट व्यापार व्यवसाय गर्छु भनेर लोन लियो भने एक वर्षमा ४/४ पटक ब्याज बृद्धि गर्दै जाने र अनि मान्छेलाई गरिब, कंगाल बनाएर सबै लिलाम गर्दै जाने काम भइरहेको थियो। अहिले सहकारीले पनि सिद्धात विपरित सहकारी चलाउने र लगानी गर्ने काम भइरहेको छ।’

Read More