काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई आज बुधबार छाड्ने तयारी भएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले उल्लेखित तीन जनालाई आजै छाड्ने तयारी गरेको हो ।



