जन्मँदै ऋणको भार!


  • Himalayan Bank Limited (HBL)
जन्मँदै ऋणको भार!

पहिले संसारमा यस्ता मुलुक पनि छन्, जहाँ कुनै शिशुको जन्म हुनुभन्दा अगावै उसको रेखदेखको जिम्मा त्यहाँको सरकारले लिन्छन्। शिशु आमाको गर्भमा रहेदेखि नै उसको नाममा सरकारले भत्तास्वरूप रकम भुक्तानी गर्ने गर्छ। यतिमात्र नभई जन्मिएको बच्चाको गाँस, बास, कपासदेखि स्वास्थ्य र शिक्षासम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको हुन्छ। यही संसारमा अर्को एकथरी यस्ता देश पनि छन्, जहाँ बच्चा आमाको गर्भबाट निस्कनेबित्तिकै उसको टाउकोमा ऋणको भारी बोकाउँछ। पछिल्लो समय यस्तै हालत नेपालीको समेत भएको छ।

अहिलेको वर्तमान समयमा एक नेपाली जन्मँदै करिब ८० हजारभन्दा बढी ऋणको भारी बोक्नुपर्ने भएको छ। ऋण भनेकै नबुझ्ने अबोध बालकदेखि आफूलाई समेत उठाउन धौधौ पर्ने अवस्थामा पुगेका वृद्धवृद्धालाई समेत ऋणको भारीले थिचेको छ। चालु आवको पुस मसान्तसम्म सरकारले तिर्न बाँकी कुन सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ पुगेको जनाएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको हो। यो जनसंख्याले गत पुससम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा हरेक नेपालीको भागमा करिब ८२ हजार ऋण पर्न जान्छ।

Read More