ट्राफिक कारबाहीबाट ७९ करोड राजस्व संकलन


  • Himalayan Bank Limited (HBL)
ट्राफिक कारबाहीबाट ७९ करोड राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम छ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२  राजस्व सङ्कलन भएको छ ।   छ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो । 

उक्त राजस्वमध्ये काठमाडौं उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात  करोड ८७ लाख दुई हजार नौ सय ४३, मधेस प्रदेशबाट रु १० करोड पाँच लाख ५८ हजार नौ सय एक, बागमती प्रदेशबाट रु सात करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट रु आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनी प्रदेशबाट रु नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णाली प्रदेशबाट रु एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु दुई करोड ४२ लाख ८८ हजार सङ्कलन भएको हो । 

Read More