सहकारीहरूलाई राष्ट्र बैंकको मातहतमा ल्याइन्छ : अर्थमन्त्री


  • Himalayan Bank Limited (HBL)
सहकारीहरूलाई राष्ट्र बैंकको मातहतमा ल्याइन्छ : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी प्रणालीलाई आफूले अनुशासनमा ल्याउने काम सुरु गरेको बताएका छन् । बुधबार इकोनोमिक मिडिया एसोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटलाई प्रणालीमा ल्याउन अझै दुई वर्ष लाग्ने बताए ।

उनले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण प्रणालीमा ल्याउन समय लाग्ने बताए । उनले स्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको बताए । अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे । उनले बाह्य क्षेत्र पनि नेपालमा लागानी गर्न सकारात्मक रहेको दाबी गरे ।

Read More