साेमबारसम्ममा मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्ने राष्ट्र बैंकको तयारी


  • Himalayan Bank Limited (HBL)
साेमबारसम्ममा मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले माघको अन्तिमसम्ममा मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। पुससम्मको तथ्याँक आइसकेकोले केन्द्रीय बैंकले केहि दिनमै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेकाे हो।

"मौद्रिक नीतिको समीक्षा माघभित्रै गर्ने गरी तयारी भइसकेको छ," केन्द्रीय बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले भने, "सञ्चालक समितिले पारित गरे माघभित्रै समीक्षा आउछ।" 

मौद्रिक नीतिको समीक्षाको लागि अनुसन्धान विभागले ड्राफ्ट तयार गरिसकेको छ। विभागले मौद्रिक नीति समीक्षाको ड्राफ्ट तयार गरेपछि समीक्षाको विषयमा उच्च व्यवस्थापन तहमा छलफल हुनेछ भने सो पश्चात सञ्चालक समितिले पारित गरेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने छ।

पहिलो त्रैमासिक समीक्षमा पनि अनुसन्धान विभागले चाँडै नै ड्राफ्ट तयार गरी उच्च व्यवस्थापन तहमा बुझाएको भएपनि निकै दिनसम्म उच्च व्यवस्थापन तहमा छलफल नै हुन सकेको थिएन भने सञ्चालक समितिमा समेत धेरै पछि प्रस्ताव लगिएको थियो। तर अहिले भने माघभित्रै समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।

Read More