तलबभन्दा मूल्य वृद्धिदर धेरै, कुन क्षेत्रमा कस्तो प्रभाव?


  • Himalayan Bank Limited (HBL)
तलबभन्दा मूल्य वृद्धिदर धेरै, कुन क्षेत्रमा कस्तो प्रभाव?

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसत बजार मूल्य वृद्धिदर ६.४७ प्रतिशत पुगेको छ। यसै अवधिमा सरकारी तथा निजी क्षेत्रमा आबद्ध श्रमिकहरूको ज्याला वृद्धिदर भने ५.५२ प्रतिशत मात्रै देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले औसत तलब वृद्धिदरभन्दा औसत मूल्य वृद्धिदर बढी देखाएको हो।

विगतको तथ्यांकले विशेष परिस्थितिमा मात्रै ज्याला वृद्धिदरभन्दा मूल्य वृद्धिदर बढी देखिएको छ। कोभिडको समय र भूकम्प गएको वर्षबाहेक हरेक वर्ष मूल्य वृद्धिदरभन्दा ज्याला वृद्धिदर बढी भएको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७२/७३ मा ८.२ प्रतिशतको मूल्य वृद्धिदर हुँदा ५.२ प्रतिशतको मात्रै ज्याला वृद्धिदर भएको थियो। यो भूकम्पको वर्ष थियो। त्यस्तै यसै वर्ष भारतले नाकाबन्दी समेत लगाएको कारण आर्थिक क्रियाकलापमा असर परेको थियो।

Read More