भारतको विख्यात औद्योगिक व्यवसायिक समूह ‘टाटा ग्रुप’ले नेपालका सरकारी उद्योगहरु चलाउने इच्छा देखाएको छ । हाल बन्द अवस्थामा रहेका सरकारी लगानीका रुग्ण उद्योगहरु चलाउन टाटा समूहले चासो देखाएको उद्योग मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।
उद्योग मन्त्रालयले निजी क्षेत्र वा विदेशी साझेदारमार्फत बन्द रहेका रुग्ण उद्योगहरु चलाउने गरि प्रक्रिया अघि बढाएपछि भारतको टाटा समूहले मुख्यतः ३ वटा उद्योगहरु चलाउन इच्छा देखाएको मन्त्रालय स्रोतले जनाएको छ । गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र वीरगञ्ज चिनी कारखाना चलाउन टाटा समूहले इच्छा जाहेर गरेको मन्त्रालयले जनाएको छ ।


