अर्थमन्त्री डा. महतद्वारा कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्री डा. महतद्वारा कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण

अर्थमन्त्री डा.प्रकाशशरण महतले मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण गरेका छन् ।

महलले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताए । मंगलबार निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले भने, "कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्छ, तर, रिजल्ट चाहिन्छ । त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ ।" मन्त्री डा. महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताए । 

Read More