तेल, तरकारी र मासुमा महँगी घट्यो, मसला र फलफूलमा बढ्यो


  • Himalayan Bank Limited (HBL)
तेल, तरकारी र मासुमा महँगी घट्यो, मसला र फलफूलमा बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुससम्म)को तथ्यांकमा आधारित रिपोर्टअनुसार घ्यू, तेल, तरकारी तथा माछा मासुमा महँगी घटेको हो । 

समीक्षा अवधिमा घ्यू तथा तेलको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०७ प्रतिशत, तरकारीको १.०४ प्रतिशत र मासु तथा माछाको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.०६ प्रतिशतले घटेको छ । 

Read More