सहकारी ठगी आरोपमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पक्राउ


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगी आरोपमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पक्राउ

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन्।

सहकारी ठगी अभियोग लागेपछि फरार रहेका भण्डारीलाई प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित डेराबाट सोमबार राती पक्राउ गरेको हो।

भण्डारीलाई मंगलबार जिल्ला अदालत कास्कीमा हाजिर गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

Read More