शोधनान्तर २ खर्ब ७३ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चितिले १२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने


  • Himalayan Bank Limited (HBL)
शोधनान्तर २ खर्ब ७३ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चितिले १२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति दुवै सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ६ करोड डलरले बचतमा रहेको हो । यता, पुससम्ममा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । यता, पुस महिनामा विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको छ ।

Read More