सुधारको पर्खाइमा वित्तीय प्रणाली


  • Himalayan Bank Limited (HBL)
सुधारको पर्खाइमा वित्तीय प्रणाली

वित्तीय प्रणाली सोझै बैंक तथा वित्तीय संस्थाहरूको क्रियाकलाप तथा अवस्थासँग जोडिन्छ, जुन विगतमा फरक थियो, अहिले फरक छ । नेपालमा वित्तीय प्रणाली खासगरी पाँचवटा क्षेत्रको संरचनाबाट बनेको छ— मुद्राबजार, पुँजीबजार, बीमा क्षेत्र, सहकारी र गैरवित्तीय बैंकिङ क्षेत्र । देशको वित्तीय प्रणाली बलियो भयो भने देश बलियो हुन्छ भन्ने मान्यता राखिन्छ र त्यसबाट अन्य क्षेत्रलाई मोनिटरिङ गरेको खण्डमा त्यसले प्रभावकारी रूपमा देशलाई अगाडि बढाउन सकिन्छ । तर, अहिलेसम्म देशमा राजनीति हाबी भएको छ र त्यसले सबैतिर प्रभाव पारेको छ ।

जबसम्म अर्थतन्त्रमाथि राजनीति हाबी हुन्छ तबसम्म त्यसले देशमा सुधार ल्याउन नसक्ने भएकाले त्यसका लागि आर्थिक प्रणाली मजबुत बनाउनुपर्छ । केन्द्रीय बैंकको अभिलेख हेर्ने हो भने आर्थिक वर्ष ०८०-८१ को पाँच महिनामा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या १ सय १२ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०८० असार मसान्तमा ११ हजार ५ सय ८९ रहेकोमा २०८० मंसिर मसान्तमा ११ हजार ५ सय ७० कायम भएको छ ।

Read More