आजको कारोबार बन्द हुनु २ मिनेट अगाडी नेप्से परिसूचक २०६३।५८ थियो। त्यस बेला नेप्से केबल २ अंकले बढिरहेको थियो। लगानीकर्ताहरु आज सोच्न थालेका थिए आज पनि नेप्से परिसूचक रातो नै भएर बन्द हुनेभो।
तर जब ट्याक्क ३ बज्यो सेयरबजार कारोबारी चकित बने। कारण थियो एकाएक नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६।२७ मा बन्द हुनु।



