एजेन्सी । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले सम्पत्ति शुद्धीकरण नियामक निकाय प्रवर्तन निर्देशनालय (डायरेक्टोरेट अफ इन्फोर्समेन्ट-ईडी)लाई विपक्षी सिध्याउने हतियारका रूपमा दुरूपयोग गरिरहेको छ ।
पछिल्लो समय ईडीले त्यहाँको उदाउँदो प्रगतिशील राजनीतिक शक्ति आम आदमी पार्टी (आप)माथि निशाना साँधिरहेको छ । दिल्ली राजधानी क्षेत्र र पञ्चाब लगायत विभिन्न प्रान्तमा भएका पछिल्ला विधानसभा निर्वाचनमा भाजपालाई पराजित गरेको आम आदमी पार्टीका केही नेताहरूलाई सम्पत्ति शुद्धीकरणकै अभियोगमा ईडीले थुनिसकेको छ ।



