आफैले घोषणा गरेको नीति कार्यान्वयनमा ल्याउन नसक्दा राष्ट्र बैंकलाई नै घाटा, तरलता खिच्दा बैंकहरुले माग्न थाले बढी ब्याज


  • Himalayan Bank Limited (HBL)
आफैले घोषणा गरेको नीति कार्यान्वयनमा ल्याउन नसक्दा राष्ट्र बैंकलाई नै घाटा, तरलता खिच्दा बैंकहरुले माग्न थाले बढी ब्याज

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आफैले घोषणा गरेको नीति कार्यान्वयनमा ल्याउन नसक्दा घाटा परेको छ। केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याउन नसक्दा राष्ट्र बैंकले बैंकहरुलाई बढी ब्याज तिर्नुपरेको अवस्था छ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहेको कारण केन्द्रीय बैंकले बजारबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन जारी गरी तरलता प्रशोचन गर्दा निक्षेप संकलन दरभन्दा बढी ब्याज तिर्नुपरेको छ। अहिले निक्षेप संकलन दर ३ प्रतिशत छ। केन्द्रीय बैंकले ३.१८ प्रतिशतसम्म ब्याज तिरेर प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ।

राष्ट्र बैंकले माघ १८ गते जारी गरेको निक्षेप संकलन उपकरणमा औसत ब्याजदर ३.१८ प्रतिशत कायम भएको छ। बैंकहरुले अधिकतम ३.३५ प्रतिशतसम्म ब्याजदर पेश गरेका थिए। यस्तै माघ १७ गते जारी गरेको निक्षेप संकलन उपकरणमा पनि ३.०३ प्रतिशत ब्याजदर तिरेको छ। केन्द्रीय बैंकले पुस १८ गतेयता जारी गरेको निक्षेप संकलन उपकरणमा ३ प्रतिशतभन्दा बढी ब्याज तिरिरहेको छ।

अधिक तरलताको कारण अन्तरबैंक ब्याजदर निरन्तर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले नितरन्तर तरलता प्रशोचन गरिरहेको छ। अन्तरबैंक ब्याजदरलाई ब्याजदर करिडोरको सीमाभित्र कायम गर्ने राष्ट्र बैंकको लक्ष्य रहन्छ र उसले त्यही अनुसार खुला बजारलाई सञ्चालन गर्ने छ। बढी तरलता हुँदा बजारबाट तरलता प्रशोचन गर्ने र कम तरलता हुँदा बजारमा तरलता पठाउने काम राष्ट्र बैंकले गर्छ। अहिले भने बल्ल अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा उक्लिएको छ।

Read More