सिउरी न्यादी पावरले ३ अर्बको आईपीओ निष्काशन गर्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक


  • Himalayan Bank Limited (HBL)
सिउरी न्यादी पावरले ३ अर्बको आईपीओ निष्काशन गर्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक

सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आज कम्पनीको कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ । 

निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा सिउरी न्यादी पावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध संचालक दिनेश गुरुङ्ग, प्रमुख कार्यकारी अधिकृत यज्ञ प्रसाद सुवेदी सहित प्रमुख वित्त अधिकृत कृष्ण लाल श्रेष्ठ तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा निशान लाल जोशीको उपस्थिति रहेको थियो ।

Read More